२०७८ बैशाख २३ मा नयाँ निर्वाचन गर्न ओलीको सिफारिश - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

२०७८ बैशाख २३ मा नयाँ निर्वाचन गर्न ओलीको सिफारिश



काठमाडौं- प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गरेका छन् ।

आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघटनको प्रस्ताव पारित गराएका प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष आफ्नो प्रस्ताव लिएर शितलनिवास गएका छन् ।

संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदर गरेमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।

संयोग के परेको छ भने नेपालको नयाँ संविधानमार्फत् गराइएको बहुदलीय प्रतिष्पर्धा अन्तर्गतका सबै संसदले अकालमै मृत्युवरण गर्नुपरेको छ ।

२०१५ सालको संविधानअन्तर्गत गराइएको निर्वाचनपछि बनेको निर्वाचित संसद २०१७ सालमा राजा महेन्द्रको कू पछि अकालमै मारिएको थियो ।

२०४७ सालको संविधानपछि बनेको पहिलो संसद २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक रडाकोका कारण मृत्युवरण बाध्य भएको थियो ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गराउन नसकेपछि मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै संसद विघटन गराएका थिए ।