माओवादीले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादीले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने भएको छ । आफ्नो पार्टी विधानमा अनधिकृत हस्तक्षेप गरेको भन्दै निर्वाचन आयोगको निर्देशनप्रति माओवादीले असन्तुष्टि जनाएको हो ।

यसअघि पनि निर्वाचन आयोगले दलको आन्तरिक लोकतन्त्र कुण्ठित गर्न खोजेको भन्दै आलोचना हुने गरेको थियो । आयोगले माओवादी विधानमा साम्यवाद र वर्ग संघर्ष राखिनु संविधानविपरीत भएको भन्दै त्यसलाई सच्याउन निर्देशन दिएको थियो । माओवादीले आयोगविरुद्ध कानूनी लडाइँ लड्ने बताएको छ ।

‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ,’ महाधिवेशनबाट पारित ४५ बुँदे समसामयिक प्रस्तावमा भनिएको छ ।