सन्तोष के.सीको गुल्मी पुगेर छायाँकन गरिएको 'निरमाया'को चर्चा चुलिदै (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्तोष के.सीको गुल्मी पुगेर छायाँकन गरिएको ‘निरमाया’को चर्चा चुलिदै (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गुल्मीमा जन्मिएर लामो समय देखी नेपाली गीत संगीतको क्षेत्रमा कृयाशिल सफल सर्जक, संगीतकार तथा गायक सन्तोष के.सीको प्रस्तुती रहेको दसैं तिहार लक्षित गीतिकथा “निरमाया” हालै मात्र सार्वजनिक भए संगै चर्चामा छ ।

नेपाली समाज र हाम्रो जिवनको यथार्थ चित्रण गरिएको गीतको छायाँकन गल्मीमै गरिएको हो निकै फरक तरिकाले प्रस्तुत गरिएको सोहि गीतमा स्वर गायिका शर्मिला गुरुङ र सन्तोष केसीको रहेको छ भने सब्द / संगीत सन्तोष के.सीले नै गरेका छन्।

गीतमा रोजगारीको लागि अाफ्नो घरपरिवारबाट परदेशिनु परेको पिडालाई देखाईएको छ घरमा बिरामी बा, अामा दुई जिउकी श्रीमति लाई छोडेर त्यहि घर चलाउनको लागि दुई पैसा कमाउने सपना बुन्दै देश छिड्नु पर्दा कस्को मन नरोलार हो यस्तै यर्थाथ कथा बस्तुलाई जस्ताको ततै प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा नायिका तथा मोडल सारिका केसी र रमेश केसीको अभिनय रहेको छ भने सुरेश श्रेष्ठको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।