निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोका माथि खुकुरी प्रहार - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोका माथि खुकुरी प्रहार



दाङ । दाङ निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोका माथि सांघातीक आक्रम भएको छ । घोराहिमा एक समुहले शुक्रबार राती दांग निर्माण व्यवसायी सँघका महासचिव शोक बहादुर रोका माथी खुकुरी प्रहार गरेको छ ।

भिंग्रेलि चोक स्तिथमा रहेको म्यान्गों गार्डन बाट साथीहरुसँग खाजा खाएर निस्किने बेलामा पांच जनाको समुहले रोका माथि सांघातिक आक्रमण गरेको हो ।

होटलबाट रातको साढ़े आठ बजे गाड़ीमा सवार निस्किने क्रममा पांच जनाको समुहले अगाडीबाट गाड़ी रोक्दै रोकासंग रहेका साथीहरुलाई अभियुक्त केशव नेपाली र अभिमन्यु गिरीले पेस्तोल तेर्छाऊदै गाड़ी बाट ननिस्किने भनेर धम्काउँदै रोकलाई गाड़ीबाट बाहिर तानेका थिए भने रोकाले यो के गर्दै छौ भनी प्रश्न गर्दा रोकाले थाहा नपाउने गरी एक्कासी पछाडिबाट उँहा माथी धारिलो हत्यारले आक्रमण गरेको घाइते रोकाले बताउनु भयो।

साथै समुहले रोकको टाउकोमा विभिन्न हत्यारले आक्रमण गरेको पनि बताउनु भयो । रक्ताम्य भएका घाइतेलाई टिप्पर व्यवसायी समितिका उपाध्यक्ष बिमलमान श्रेष्ठ तथा सदस्य रमेश थापाले राप्ती उपक्षेत्रीय अस्पताल पुर्याउन लाग्दा अभियुक्त दोषी केशव नेपाली लगायतका समुहले पछाडी देखि गाडीमा फलामे रड तथा ढुंगाले हानी तोडफोड समेत गरेको ट्रक समितिका सह-सचिव नीलहरीले बताउनु भयो ।

टाउकोमा चोटहरु अत्याधिक लागेको हुंदा घाइते रोकलाई थप उपचारका लागी कोहलपुर मेडिकल कलेज रिफर गरीएको हो । यहीं माघ २६ गते बेलुकी घोराहीको म्याङ्गो रेष्टुरेन्टमा केशव नेपाली,अभिमन्यु गिरी र गोविन्द जिशीले पेस्तोल देखाएर कुटपीट गरेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार अभिमन्यु र केशव गोविन्दले म्याङ्गो रेष्टुरेन्टको गेटमा रोकालाई कन्चटमा पेस्तोल राखेर सांघातीक आक्रमण गरेका हुन् ।

घटना घटाए लगतै अभियुक्तहरु भाग्न लाग्दा सुरक्षाकर्मीहरुले ट्राफिक रोड ओली होटल नजिकै पक्राउ गरेको हो । पांचजनाको समूहमा केशव नेपाली,अभिमन्यु गिरी र गोविन्द जीसी गरी तीनजना पक्राउ परेका छन भने अरु दुईजना फरार रहेको जिल्ला प्रहरीले जनाएको छ ।

कुटपीटबाट रोकाको टाउकोमा गहिरो चोट लागेको छ । उनको टोउकोमा १९ वटा टाँका लगाइएको छ । रोकाको उपचार कोहोलपुर मेडीकल कलेजमा भइरहेको छ ।

कुटपीटमा संलग्न तीनैजनालाई प्रहरी नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाएको छ ।
गणत्न्र राष्टिय दैनिक