निर्मलाको नर्स बन्ने सपना ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मलाको नर्स बन्ने सपना !



कञ्चनपुर, असोज ४ । निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् ।

स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन । भीदत्त नगरपालिका- २ उल्टाखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । हामी सानैदेखि संगै पढ्थ्यौँ, सँगै खेल्थ्यौँ, ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँजस्तो लाग्छ ।’

जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडी निर्मलाले बनाएको केहि चित्र छन् ।, भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाई छ । निर्मला र जानकीले शिशिक्षका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुवैको सोच मिल्थ्यो । कतिपय विद्यार्थी शव भेटिएको उखुबारी छेउको बाटो हिड्नै डराउँछन् ।

त्यहाँ पुग्नेवित्तिकै झसंग भइन्छ, भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भन्नि, एक्लै आउन डर लागेर साथही समुहमा मात्रै आउँछौँ ।, निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् । एक महिनासम्म त सरहरुले पढाउनै सक्नुभएन, लक्ष्मीले भनिन् ‘जतिबेला पनि त्यहि झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन ।’ कान्तिपुरको पहिलो पृष्ठमा खबर छ ।