प्रदेश नं ७ सरकारको निर्णयः बलात्कारपछि हत्या गरिएकि निर्मला र मायाको परिवारलाई पाँच/पाँच लाख राहत दिने - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

प्रदेश नं ७ सरकारको निर्णयः बलात्कारपछि हत्या गरिएकि निर्मला र मायाको परिवारलाई पाँच/पाँच लाख राहत दिने



कैलाली । प्रदेश नम्बर ७ को सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र कैलालीकी माया वि.क को परिवारलाई पाँच लाखका दरले राहत उपलब्ध गराउने भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र कैलालीकी माया वि.क को परिवारलाई पाँच लाखका दरले राहत
दिनको लागी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

कैलाली गौरीगंगा नगरपालीकाकी २१ बर्षीया माया वि.क को असार १२ गते बलात्कार पछि हत्या भएको थियो भने साउन १० गते तेह्र बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको थियो।

यस्तै शहिद सन्नी खुनाको परिवारलाई पनि पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। पन्तको बास्तविक हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा चर्केको आन्दोलनमा परेर खुना शहिद भएका थिए।

सरकारले यी तीन वटै घटना प्रती दुख प्रकट गर्दै मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराएको मन्त्री परिषद्रका प्रवक्ता विशन सिँह थापाले बताए।