निर्मला हत्या प्रकरण: यस्ता छन सर्वपक्षीय बैठकका निर्णय - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निर्मला हत्या प्रकरण: यस्ता छन सर्वपक्षीय बैठकका निर्णय



कञ्चनपुर : १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रकरणदले उग्र रुप लिएपछि शनिबार कञ्चनपुरमा सर्वपक्षीय सर्वदलीय बैठक बसेको छ। बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।

राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी, आन्दोलनमा सहभागी दबाब समितिको बैठकले केही महत्वपूर्ण निर्णय गरेको हो।

-बैठकले निर्मला पन्त छानबिन आन्दोलनको दुःख व्यक्त गर्दै शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा आग्रह गरेको छ। सँगै मृतकका परिवारको उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ। सँगै
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्नुपर्ने माग अघि सारेको छ।

-आन्दोलनका क्रममा घाइते भएकाहरु उपचारपछि पनि शारीरिक रुपमा अशक्त भएमा उनीहरुको जीवन निर्वाहमा अप्ठेरो नपर्नेगरी राज्यले व्यवस्था गर्नुपर्ने माग गरेको छ।

-आन्दोलनका क्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति भिडको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि समिति गठन गर्न गृहमन्त्रालयसमक्ष अनुरोध गर्ने।

-अप्रिय घटना फेरि दोहोरिन नदिन घटनाको निष्पक्ष छानबिन तथा शान्ति सुव्यवस्था बनाइराख्न राजनीतिक दल, नागरिक समाज, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाउने,