जति च्यात्यो उति भाइरल निर्मला निम्ति न्यायको पोस्टर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जति च्यात्यो उति भाइरल निर्मला निम्ति न्यायको पोस्टर



काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा ।

पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।

जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो ।

निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो । निर्मलाको न्यायका लागि यसरी पोस्टर टाँसिन सुरु भयो ।

तार प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्‍यो । न्याय खोज्नेहरू झनै उत्साहित भए ।

पोल र भित्तामा पोस्टर त टाँगिएका थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रूपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् । न्याय माग्ने अभियान भाइरल बन्दै गएको छ ।यो खबर आजको कान्तिपुरबाट ।