निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा फरार भएका युवा काठमाडौंबाट पक्राउ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा फरार भएका युवा काठमाडौंबाट पक्राउ



काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना युवा काठमाडौंबाट पक्राउ परेका छन् । निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंबाट पक्राउ परेका हुन् ।

लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर परिवारका सदस्यले उनी भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।