निर्मला पन्तका बाबुलाई उपचारका लागि काठमाडौं लैजान खोज्दा जहाजले चढाउन मनेन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

निर्मला पन्तका बाबुलाई उपचारका लागि काठमाडौं लैजान खोज्दा जहाजले चढाउन मनेन



काठमाडौं ।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबु यज्ञराजलाई उपचारका लागि काठमाडौं जान खोज्दा जहाजले चढाउन नमानेपछि विमानस्थलमै अलपत्र परेका छन् । छोरीको बलात्कार र हत्या गर्नेलाई सार्वजनिक र कारबाही गर्नुपर्ने माग राखेर धर्नामा बसेका उनी केही समय देखि बिरामी थिए । समाचार कान्तिपुरमा छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा साढे तीन वर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भइरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् । हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् ।

क्रिश्चियन धर्म प्रचारमा संलग्न हुँदै आएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा सरकार र संघीय संसद् सहआयोजक बनेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति जनाएको समाचार पनि छ ।

सरकारले यातायात माथिको सिन्डिकेटको अन्त्य गरेको घोेषणा तर सुदूरपश्चिममा व्यवसायीको एकाधिकार, क्षमताभन्दा बढी यात्रु, थोत्रा गाडी चलाउनृ र विभिन्न बहानामा रकम असुल्ने प्रवृत्ति जहाँको त्यही छ ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयलाई नाघेर प्रधानमन्त्रीद्वारा १ सय १६ कलेजलाई सम्बन्धन दिएको समाचार छ ।