निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी छन् ।

हत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको छोरीको भेजिनल स्वाबमा शंका लागेको भन्दै उनले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रसचेकका लागि रगतको नमुना दिएकी हुन् ।

प्रहरीले बुधबार नै दुर्गादेवीको डीएनए जाँचका लागि रगतको नमुना लिएको जनाएको छ । कञ्चनपुरमा प्रहरी प्रमुख कुवेर कडायतले निर्मलाकी आमाले छोेरीको भेजिनल स्वाब चेकजाँच गर्न भन्दै आफ्नो रगतको नमुना महाकाली अञ्चल अस्पतालमा बुझाएको बताएका छन् । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।