निर्मला पन्तका आमाबाबुलाई आइजीपी खनालले भने 'धैर्य गर्नुस्' ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

निर्मला पन्तका आमाबाबुलाई आइजीपी खनालले भने ‘धैर्य गर्नुस्’ !



प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन् ।

निर्मला पन्तको घरमा नै पुगेर उनका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘अपराधी पक्राउ गर्न समय लाग्छ, धैर्य गर्नुस् ‘ खनालले पन्तका आमाबाबुसँग भने।

घटनाको अनुसन्धान गर्न एसएसपीको टोली खटिएको भन्दै नेपाल प्रहरीमाथि विश्वास राख्न खनालले आग्रह गरेका छन् ।

अनुसन्धानमा त्रुटि नहुने गरी सही ढंगबाट काम भइरहेको खनालले बताए। पन्तकी आमाबाबुले छाेरीको हत्याराको पहिचानमा ढिलाइ भइरहेकाे गुनासो गरेका थिए।

गत साउन १० गते साथीको घर गएकी पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो। घटना भएको २० दिनपछि प्रहरीले दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो।

तर स्थानीयले विष्ट पक्राउ प्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए। एक सातासम्म कर्फ्यु लागेको कंचनपुरमा प्रहरीले गोली चलाउदाँ १ जनाको मृत्युसमेत भएको थियो थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि घटनाको शूरुवाती चरणमा अनुसन्धान गर्ने जिम्मा पाएको नेपाल प्रहरीले बदमासी गरेको आरोप लगाएको छ ।