प्रधानमन्त्रीकै अगाडीबाट पक्राउ परे निर्मलाको न्याय खोज्नेहरू
धनगढी- कञ्चनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडीबाट ६ जनालाई पक्राउ परेका छन् । कञ्चनपुरको दैजीमा भएको सभामा निर्मला पन्तलाई न्याय माग्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री ओली कञ्चनपुर पुगेका बेला निर्मला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
अनौठो त के छ भने उनीहरू टिसर्ट लगाएर सभामा उपस्थित मात्र भएका थिए । उनीहरूले होहल्ला वा नाराजाजी केहिपनि गरेका थिएनन । त्यहि सभामा प्रधानमन्त्री ओलीले भने निर्मला काण्डको दोषी पत्ता लगाउन प्रहरीलाई निर्देशन दिएका थिए ।
निर्मलाको लागि न्याय मागिरहेका केहि व्यक्तिहरूले टिसर्ट लगाएकै भरमा पक्राउ गरिएको बताइएको छ । ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाएकाहरुलाई प्रहरीले एकाएक पक्राउ गरेको थियो ।
यसअघि पनि धनगढीमा आयोजित ओली पक्षकै सभाबाट ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाउनेहरूलाई पक्राउ गरिएको थियो ।
प्रहरीले पटकपटक अनुसन्धान गर्दा पनि निर्मला काण्डका दोषी भने भेटिन सकेका छैनन् ।