निर्मलाको हत्या गरेको स्वीकार ,डिएनए रिपोर्टको नतिजा नआउन्जेल अनुसन्धान जारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्मलाको हत्या गरेको स्वीकार ,डिएनए रिपोर्टको नतिजा नआउन्जेल अनुसन्धान जारी



काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विगतको अनुसन्धानबाट शंकाको घेरामा रहेका चारजनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । नयाँपत्रिकामा खबर छ ।

सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले निर्मलाका छिमेकी प्रदिप रावललगायत अन्य चार जनालाई पक्राउ गरेको हो । रावल काठमाडौंबाट हिजो पक्राउ परेका छन् भने अन्य तीन जनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । उनीहरु सबैजना लागुऔषध दुव्र्यसनी रहेको र केहीले अपराध स्विकारेको प्रहरीले जनाएको छ । डिएनए रिपोर्टको नतिजा नआउन्जेल अनुसन्धान जारी राख्ने प्रहरीको भनाइ छ ।