निर्मला काण्डमा राजनीति: किन जोगिए दुई डीआईजी ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्मला काण्डमा राजनीति: किन जोगिए दुई डीआईजी ?



काठमाडौं । कञ्चनपुर प्रकरणमा एसपी, दुई डिएसपीसहित ६ प्रहरी निलम्बनमा परिसकेका छन् । अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो ।

सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरु निलम्बनमा परेका हुन् । तर, उनीहरुमाथि कमाण्ड र निगरानी गर्नुपर्ने अन्य प्रहरीलाई भने कारबाही गरिएको छैन् ।

यत्रो विवाद हुँदा पनि प्रदेश ७ का डिआईजी सुरज केसी गुमनाम छन् । सफल अनुसन्धान गरी अपराधी पत्ता लगाउन उनलाई कुनै चासो छैन । जबकी प्रदेशमा जिल्ला प्रहरीले सबै जसा ठूला घटनाको प्रदेश प्रमुखलाई ब्रिफिङ दिएर निर्देशन लिनुपर्ने हुन्छ ।

कञ्चनपुरमा प्रहरीले नक्कली अभियुक्त खडा गरेर सार्वजनिक गर्दा जिल्लाका प्रहरी निलम्बन समेत हुँदा डीआईजीको भने गृह मन्त्रालयले कुनै गल्ती देखेको छैन् ।

उनीमाथि होइन प्रहरीको छवि जोगाएको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी नारायणसिंह खड्कामाथि समेत यो घटनाले प्रश्न उठाएको छैन । सीआईबीले गर्ने हरेक अनुसन्धान डीआईजीसँगको समन्वयमा हुन्छ ।

अनुसन्धान अधिकृतले प्रगती विवरण सीआईबी प्रमुखलाई जाहेर गरेपछि प्रमुखको निर्देशनअनुसार मात्र काम हुने सिस्टम छ । प्रर्याप्त प्रमाण नहुँदानहुँदै सीआईबीबाट कञ्चनपुरमा खटिएका डिएसपी अगुंर जिसीको टिमलाई डीआईजी खड्काले किन अभियुक्त दिलिपसिंह खड्का नै हो भनेर सार्वजनिक गर्न स्वीकृत दिए ।

गम्भिर घटनाको अनुसन्धान गर्ने निकायको प्रमुखले यस्तो गम्भिर विषयमा ख्याल नगर्दा सीआईबी र प्रहरी दुवैको छवी खस्किएको छ । यस्तो चरम लापरबाही गर्ने दुवै डीआईजीलाई तत्काल जिम्मेवारबाट हटाउनुपर्ने गृहका एक अधिकारी बताउँछन् । दृष्टि