निर्मला हत्याकाण्ड: सिआइबी टोलीमाथि नै छानबिन - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

निर्मला हत्याकाण्ड: सिआइबी टोलीमाथि नै छानबिन



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति गठन गरेको छ । समितिमा पाँच जना सदस्य छन् ।

समितिले सो टोलीमा गएका प्रहरीको बयान र अनुसन्धान गर्नेछ । त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि आवश्यक बयान र गल्ती देखिए थप कारबाही गर्ने तयारी रहेको छ ।