निर्मलाकाे हत्याकाण्ड: मुख्य अभियुक्त भनिएका व्यक्ति छुटे ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

निर्मलाकाे हत्याकाण्ड: मुख्य अभियुक्त भनिएका व्यक्ति छुटे !



निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणमा स‌ंलग्न भनी पक्राउ परेका दीलिपसिंह विष्ट  डिएनए मेल नखाएपछि मंगलबार रिहा भएका छन्। जिल्ला अदालत कंचनपुरले विष्टकाे संलग्नता पुष्टि गर्ने अाधार नभएकाे भन्दै साधारण तारेखमा रिहा गर्न अादेश गरेपछि उनी छुटेका हुन्। डिएनए परीक्षणकाे प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएकाे थियाे।

अदालतले उक्त प्रतिवेदन अध्ययन गरी विष्टलाई साधारण तारेखमा रिहा गरेकाे हाे। घटनाकाे २४ दिनपछि प्रहरीले भदाै ४ गते विष्टलाइ मुख्य अभियुक्त भन्दै पक्राउ गरी सार्वजनिक गरेकाे थियाे। २१ दिन थुनामा बसेपछि विष्ट साधारण तारेखमा रिहा भएका हुन्। निर्मलाकाे साउन ११ गते शव घर नजिकैकाे उखुबारीमा शव फेला परेकाे थियाे।

निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डीएनए र दीलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको थियाे।

अत्यन्त विश्वसनीय स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले दीलिपको डीएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ।

निर्मला पन्तकाे हत्या प्रकरणकाे अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आइपुगेको छ। निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो।