निर्मला हत्याकाण्डबारे गृहमन्त्रीको नयाँ खुलासा: घटना गम्भीर मोडमा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

निर्मला हत्याकाण्डबारे गृहमन्त्रीको नयाँ खुलासा: घटना गम्भीर मोडमा



काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शव भेटिएको ठाउँबाट बरामद भएको कपडासमेत जलाएको पाइएको गरेका छन्।

राज्य व्यवस्था समितिको बैठकमा आज मन्त्री थापाले घटनास्थलमा भेटिएको पीडितको कपडासमेत जलाएको पाएकाले यो घटना झनै रहस्यमय भएको बताए । शवको मुुचुल्कामा नक्कली औँठा छाप भेटिएको दावी पनि उनले । प्रहरीले साउन ११ गते मुचल्का उठाइएको भए पनि मुचुल्कामा निर्मलाको बुबाको औँठाछाप भेटिएको छ ।

निर्मलाको बुबा छोरीको हत्याको खबर सुनेर १२ गते मात्र कञ्चनपुर आएको भए पनि ११ गतेको मुचुल्कामा उनको औँठाछाप हुनु स्वत नक्कली भएको गृहमन्त्री थापाले बताए । शव भेटिएकै दिन ११ साउनमा घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल प्रहरीले पानीमा पखालेको भिडियो नै सार्वजनिक भएको थियो । हत्याको अनुसन्धानका क्रममा प्रहरीबाट धेरै नै लापर्वाही भएको मन्त्री थापाले स्वीकार गरेका छन् ।

पन्तको हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार बुझाएको प्रतिवेदनका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । गृहमन्त्री थापाले बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ गरेको भन्दै सरकार र प्रहरीको इमान्दारितामा शंका नगर्न पनि आग्रह गरे ।

१० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।