निर्मला हत्याकाण्ड: एसपी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली कञ्चनपुर पठाइयो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मला हत्याकाण्ड: एसपी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली कञ्चनपुर पठाइयो



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन बनेको समिति कञ्चनपुर लागेको छ ।

प्रहरी प्रधान कार्यालयले पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित पक्ष र स्थानीयसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक(एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

घटना महिलासँग सम्बन्धित भएकाले अनुसन्धानमा सहजता ल्याउन र चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनका लागि महिला प्रहरी अधिकृत खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

छोरीका हत्यारा पत्ता नलागेपछि निर्मलाका बाबु–आमा न्यायका लागि काठमाण्डुमा भौतारिरहेका छन् । उनीहरुले प्रधानमन्त्रीलगायतका बिशिष्ट व्यक्तिहरुसँग छोरीका हत्यारा खोजी दिन आग्रह गर्दै आएका छन् ।