निर्मलाका सहपाठीले लेखे प्रधानमन्त्रीज्यू, हाम्री साथीका हत्यारालाई कहिले कारबाही हुन्छ ? - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

निर्मलाका सहपाठीले लेखे प्रधानमन्त्रीज्यू, हाम्री साथीका हत्यारालाई कहिले कारबाही हुन्छ ?



कञ्चनपुर। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी ‘हत्यारालाई कहिले कारबाही हुन्छ ?’ भनेर सोधेका छन् ।

गएको १० साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । साथीका हत्यारालाई पक्राउ गरी कारबाही नगरेको बारे कलिला बालिकाहरूले प्रधानमन्त्रीलाई पत्र पनि कोरेका छन् ।

सहपाठी जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई पत्र लेखेर सोधेका छन्,‘साथीको हत्या भएको ३७ दिन बितिसक्दा पनि हत्यारा पक्राउ परेका छैनन्, कहिले पक्राउ पर्छन् ?’

हत्यारा पक्राउ नपर्दा आफुहरू मानसिक तनावमा र असुरक्षित समेत रहेको उनीहरूले बताएका छन् । सहपाठीहरूले छिटोभन्दा छिटो हत्यारालाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् । निर्मलासँग उनीहरू कक्षा १ देखि सँगै पढ्दै आएका थिए ।