निर्मलाको हत्यारा पत्ता लगाइ कारबाहीको माग राख्दै प्रधानमन्त्री निवासमा प्रदर्शन - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

निर्मलाको हत्यारा पत्ता लगाइ कारबाहीको माग राख्दै प्रधानमन्त्री निवासमा प्रदर्शन



कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ।

निर्मलाको हत्या भएको पाँच महिना हुँदा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै हत्यारा पत्ता लगाइ कारबाही गर्न विवेकशील साझा पार्टीले प्रर्दशन गरेको हो।

‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं, न्यायको खोजीमा निर्मलाहरु’ लेखिएको व्यानर लिएर विवकशील साझाले प्रर्दशन गरेको हो। विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले सरकारले घटनालाई टालटुल र थामथुम पार्न खोजेको आरोप लगाइन्।

‘कञ्चनपुर घटनालाई कसरी सेलाउन दिने र थामथुम पार्ने भन्नेमा प्रहरी प्रशासन नै लागिपरेको छ,’ उनले भनिन्, ‘निर्दोषलाई जवर्जस्ती यातना दिइएको छ, यो गलत हो।’