निर्मला हत्याकाण्ड: बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथिनै अविश्वास !  - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

निर्मला हत्याकाण्ड: बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथिनै अविश्वास ! 



कञ्चनपुर । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ ।

वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।

पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ ।

पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन्
गम्भीर हुँदै गईरहेको छ ।

विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए ।

त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा केही बोल्न मानेको छैन ।

अपराध स्वीकार गरे पनि डिएनए नमिलेमा उनीहरुलाई छाड्ने प्रहरी तयारी छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।