निर्मला पन्तका बुबा अनशन बस्ने - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

निर्मला पन्तका बुबा अनशन बस्ने



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले न्यायका लागि दबाब दिन अनशन बस्ने बताउनुभएको छ ।

आफ्नै निवासमा पत्रकार सम्मेलन गरी तिहार लगत्तै अनशन बस्ने घोषणा गर्नुभएको हो ।

हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा झन पीडा थपिएको बताउनुभयो । उहाँले कात्तिक २५ देखि अनशन बस्ने घाेषणा समेत गर्नुभएकाे हाे ।

उहाँले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयकाे द्वारमै अनशन बस्ने बताएकाे अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।