निर्मला पन्तको घरमा पुगेर देउवाले के भने ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

निर्मला पन्तको घरमा पुगेर देउवाले के भने ?



काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई भेटेका छन् । सभापति देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर परिवारसँग भेट गरेका हुन् ।

भेटपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज कञ्चनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होइन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’ सभापति देउवा र केन्द्रीय सदस्य एनपी साउद निर्मलाको घरमा पुगेका थिए ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । तर, पहिलेसम्म पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन ।