यस्तो आयो निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

यस्तो आयो निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट



दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान शून्यमै छ।

अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ। प्रहरीले सुरुवाती अनुसन्धानमा लापरबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन्। जसका कारण अनुसन्धान डिएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको छ।

निर्मलाको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ। सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टमा मृत्युको कारण ‘घाँटी अठ्याएर’ भन्ने उल्लेख छ। बलात्कारपछि आफ्नो पहिचान खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन्। पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपकट देखिन्न।

पोस्टमार्टमा रिपोर्टअनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिएको आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

भोलिपल्ट साँझ ५ बजे शवको पोस्टमार्टम भएको थियो। पोस्टमार्टम गरिएको समयभन्दा करिब २४ देखि २६घण्टाअघि निर्मलाको मृत्यु भएको रिपोर्ट चिकित्सकले दिएका छन्।

रिपार्टमा उनको घाँटीको कर्ड भाँचिएको देखिन्छ। शरीरका अन्य भागमा चोटपकट छैन, बायाँ आँखामा भने नीलडाम थियो। पोस्टमार्टम गर्दा योनीबाट रगतजस्तो वस्तु बगिरहेको चिकित्सकले उल्लेख गरेका छन्।