निर्दयी आमा ! घर भित्र छोराछोरी राखेर आगो लगाइन
रामेछाप । खाँडादेवी गाउँपालिका–६ पन्नेचौरमा आगोमा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । गएराति करिब साढे १० बजे स्थानीय तारा केसीले आफ्ना श्रीमान कान्छी श्रीमतीसँग बसेको रिसमा आफैंले घरभित्र छोराछोरी राखेर आगो लगाइदिएको बयान दिएकी छन् ।
घरमा लागेको आगोमा परी उनका ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरी रमिताको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा आगो लगाएर भाग्दै गरेकी तारालाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
फाइल तस्बीर