निर्वाचन आयोगको तयारी: आठ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

निर्वाचन आयोगको तयारी: आठ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान



काठमाडौं- निर्वाचन आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको छ। आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको बताइएको छ।

निर्वाचनबारे छलफल सुरू गरिएको आयोगले जनाएको छ।निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको बताइएको छ ।

आयोगले अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेको थियो।
निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको नभएपनि आठ अर्बभन्दा बढी लाग्ने अनुमान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले वैशाख १७ र २७ मा चुनावसमेत तय गरेको छ।

तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसबारे निरन्तर सुनुवाइ भइरहेको छ।