पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले चुनावको लागि दुई चरणमा चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।