निर्मला हत्याकाण्ड: निलम्बित एसपी विष्टको डीएनए परिक्षण - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

निर्मला हत्याकाण्ड: निलम्बित एसपी विष्टको डीएनए परिक्षण



काठमाडौँ — १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टकै डीएनए परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा.हरिहर वस्तीले नमुना सङ्कलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनिबाट लिइएको ुस्वाबुको डीएनए परीक्षणमा भेटिएको पुरुषको डीएनए अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परीक्षण गर्न लागिएको हो।

डा.वस्तीले भने, मैले आज बिहान डीएनए परीक्षणका लागि निलम्बित एसपी विष्टबाट नमुना सङ्कलन गरेर प्रहरीलाई बुझाएको छु।

थप विवरण आउन बाँकी।