नेपालमा कोरोना निको भएर घर फर्कने हजार नाघे - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नेपालमा कोरोना निको भएर घर फर्कने हजार नाघे



काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म एक हजार संक्रमित निको भएका हुन्।

देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारअहिले क्वारेन्टिनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन्।

मन्त्रालयका अनुसार सोमबार ४ सय ५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या ६ हजार २ सय ११ पुगेको छ।

पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ। आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन्। आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन्।

सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ। पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ।