ओलीले डाकेको छलफलमा उनी निकटकै सांसद गएनन् - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

ओलीले डाकेको छलफलमा उनी निकटकै सांसद गएनन्



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदहरूलाई बोलाएर बालुवाटारमा सम्वोधन गरिरहेका छन् । ओलीले डाकेको छलफलमा उनी निकटकै सांसद भने आएका छैनन् ।

ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निकट सांसदहरुको बैठक बोलाएको छ ।

आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।