रेनुको मतान्तर ह्वात्तै बढ्यो, निकै पछि परे विजय
काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारु गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् ।
३०२५२ मतगणना हुँदा रेनुले ११०९० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ९०९० मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर २००० छ ।
सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४९५८ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३२४५ मतसहित अग्रता कायमै राखेका छन् । एमालेकी हिमला गुरुङले ७३७१ मत पाएकी छन् ।