निर्मला प्रकरण:‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ’ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मला प्रकरण:‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ’



काठमाडौैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

भीमदत्त नगरपालिका –१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले सार्वजनिक हितविरुद्धको अपराध मुद्दा लगाएर थुनेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका छन् ।

छुटेपछि रावलले आफुलाई प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफु र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको भनेर बयान दिएको बताए ।

पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ । त्यपछि कुट्न छाडे । ’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाई छ । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।