निजी मेडिकल कलेजहरुलाई पनि आइसोलेसन बनाउने सरकारको निर्णय - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

निजी मेडिकल कलेजहरुलाई पनि आइसोलेसन बनाउने सरकारको निर्णय



काठमाडौं- नेपालमा उच्च दरमा कोरोना संक्रमितहरू थपिन थालेपछि सरकारले सम्भावित संकटको तयारी गरिरहेको छ । पीसीआर टेस्टको दायरा बढाउनको लागि निजि स्वास्थ्य संस्थालाई समेत अनुमति सरकारले दिएको छ ।

यस्तै सरकारले निजी मेडिकल कलेजहरुमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो।

संक्रमित बढेपछी दवावमा आएको सरकारले यस्तो निर्णय गरेको हो । विभिन्न प्रदेशहरुमा सञ्चालित निजी मेडिकल कलेज र सरकारी आवसीय भवनहरुमा कोरोना संक्रमितको व्यवस्थापन गर्ने गरी आइसोलेसन बनाउने निणर्य सिसीएमसी निर्देशक समितिले गरेको हो।

ती आइसोलेसन सेन्टर स्वास्थ्य मन्त्रालयको व्यवस्थापनमा सञ्चालन हुनेछन्।