निजि स्वास्थ्य संस्थालाई पनि पीसीआर परीक्षणको अनुमति, खर्च सरकारको
काठमाडौं- सरकारले निजि स्वास्थ्य संस्थालाई पनि कोरोना परिक्षण गर्ने अनुमति दिएको छ । कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन सरकारले निजीलाई पनि पीसीआर परीक्षणको अनुमति दिएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अबदेखि आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थालाई पनि कोरोना परीक्षण गर्न दिइने भएको छ ।
त्यसका लागि लाग्ने खर्च नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने डा. गौतमले बताए ।
यसअघि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरिएको थियो । केही निजी स्वास्थ्य संस्थाहरुले समेत आफू कोरोना परीक्षणका लागि सक्षम भएको बताएका थिए ।