विमलेन्द्र निधिले आफ्नै वडा जिताउन सकेनन् - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

विमलेन्द्र निधिले आफ्नै वडा जिताउन सकेनन्



नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको वडामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ।

निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका वडा नं. २ मा कांग्रेसलाई पराजित गर्दै लोसपाका बुलन यादव वडाध्यक्षमा निर्वाचित भएका हुन्।

उनले ८ मत अन्तरले कांग्रेसका उम्मेदवार देवनारयाण यदावलाई पराजित गरेका हुन्।

बुलनले ७४७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी देवनारायणले ७४१ मत पाएका छन्। पराजित भएका देवनारायण निवर्तमान वडाध्यक्ष हुन्।

नेता निधिले सोही वडामा मतदान गरेका थिए।