राजपाले नमानेपछि निधिले गुहारे भारतीय दूतावास
१५ कात्तिक, काठमाडौँ ।
काँग्रेस नेता विमलेन्द्र निधीले चुनाव लड्न लागेको धनुषा क्षेत्र नम्बर ३ मा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी घोषणा गरेपछि काँग्रेसमा खैलाबैला मच्चिएको छ । कुरा नमिल्ने देखेपछी बिमलेन्द्र निधिले भारतीय दूतावासमा गुहार समेत मागेका छन् ।
निधिकै क्षेत्रबाट महतोले उम्मेदवारी घोषणा गर्नासाथ बुधवार साँझ शेरबहादुर देउवाले राजपा नेताहरूलाई छलफलकालागी बालुवाटार बोलाएका थिए ।
देउवाले राजपालाई मनाउने कोसिस गरिरहेका छन् तर, राजपाका नेताहरूले अडान नछोड्ने लक्षण देखेपछि निधिले भारतीय दूतावासमा गुहारेका हुन ।
एक श्रोतका अनुसार निधिले राजपाको समर्थनमा जित्ने आशा गरिएको ठाउँमा राजपाले एकाएक राजेन्द्र महतोलाई उठाउने भएपछि निधिले दूतावास गुहारेको बताइएको छ ।
नेपाली काँग्रेसले तालमेलका लागि प्रयास गरे पनि अन्तिम समयसम्म काँग्रेस र राजपावीच ठोस तालमेल हुन सकेको छैन ।