विमलेन्द्र निधिले गरे हिन्दू राष्ट्रको एजेण्डा उठाउने संकेत
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिन्दू धर्मको एजेण्डा उठाउने संकेत गरेका छन् । कांग्रेसमा हिन्दू राष्ट्रको एजेण्डा उठाउने होड्बाजी चलिरहेका बेला उनले यस्तो संकेत गरेका हुन् ।
महाधिवेशनमा सभपति लड्ने तयारी गरेका निधिले विभिन्न मन्दिरका पुजारीहरु बोलाएर मन्त्रणा लिएका छन् । महाधिवेशन नजिकिँदै गर्दा निधिले लिएको यो कदमलाई अर्थपूर्ण मानिएको छ ।
नेपाली कांग्रेस सभापति जसरी पनि जित्ने रणनीति बनाएका निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डित हरूबाट शुभाशिष लिएका हुन् ।
निधिले सबै पुजारी तथा पण्डितहरुलाई बिहान बानेश्वर थापागाउँमा उद्घाटन गर्न लागिएको सम्पर्क कार्यालयमा बोलाएका थिए । निधिको सम्पर्क कार्यलयको आज दिउँसो उद्घाटन हुँदैछ ।