निधी क्याबिनेट बैठकमै नजाने - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

निधी क्याबिनेट बैठकमै नजाने



हिमाल पोष्ट / २८ चैत, काठमाडौं । कमल थापालाई दोस्रो वरियतामा राख्ने प्रधानमन्त्री प्रचण्डको निर्णयप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् ।

प्रधानमन्त्रीपछिको वरियता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधीलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने तर मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने रणनीति अपनाउन लागेका हुन् ।

 

थापालाई मन्त्रिपरिषद्मा दोस्रो वरियता दिने प्रधानमन्त्रीको कदम अस्वीकार नगर्ने निर्णयमा पुगेका निधीले थापा सहभागी हुने मन्त्रिपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतलाई उद्धृत गर्दै आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।