रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति विमलेन्द्र निधिको आपत्ति - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति विमलेन्द्र निधिको आपत्ति



काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन्।

गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

सामाजिक संजालमा अहिले उनलाई नियन्त्रणमा लिएकोबारे व्यापक विरोध भैरहेको छ । बुधबार पुल उद्घाटन गर्न तनहुँको ब्यास नगरपालिका पुगेका पौडेललाई प्रशासनले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो।

उक्त घटनाको निधिले आपत्ति जनाउँदै विरोध गरेका छन् ।

ट्वीटरमार्फत पौडेलले भनेका छन्, ‘नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुका दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना गर्दछु। स्थानीय तहले निर्माण गरको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघियता विरोधी र तानाशाही काम हो।’