स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार नगर्न स्वास्थ्य मन्त्रालय निर्देशन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार नगर्न स्वास्थ्य मन्त्रालय निर्देशन



काठमाडौं, पुस ७ गते  । स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२ (६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउँदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोसाक, एप्रोन तथा परिचयपत्र लगाएर कार्य गर्न पनि निर्देशन दिएको छ । साथै, सम्पूर्ण सरकारी अस्पतालले टिकट काउन्टर अगाडि सबैले देख्ने गरी हरेक चिकित्सकको सेवा दिने समय स्पष्टरुपमा देखिने गरी राख्न पनि भनेको छ । निर्देशन पालना नभएमा उनीहरुलाई कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । रासस