निर्वस्त्र तस्वीर धितो राखेर ऋण दिने अनौठो कम्पनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्वस्त्र तस्वीर धितो राखेर ऋण दिने अनौठो कम्पनी



एजेन्सी : कहिलेकाहीँ हामीलाई केही यस्ता चिजहरुको आवश्यकता पर्दछ जसलाई नगद दिएर खरीद गर्नु हाम्रा लागि सम्भव हुँदैन ।

कहिलेकाहीँ हाम्रो आर्थिक स्थिति त्यस हदसम्मको बलियो पनि नहुन सक्दछ कि आफ्ना आवश्यकता पूरा गर्नका लागि बैंकले पनि ऋणका लागि पत्याओस् ।

आवास कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि अनेक खालका कर्जाहरुको बारेमा त हामी सबैले सुनेकै छौँ । बैंकबाट ऋण लिँदा धितोको रुपमा केही न केही धरौटी राख्नै पर्छ भन्ने पनि हामीलाई थाहा भएकै कुरा हो ।

घरजग्गाको लालपुर्जा, अन्य खाले जिन्सी लगायतका सामान धरौटीमा राख्ने प्रचलन नौलो होइन । तर चीनको एउटा यस्तो कम्पनी अहिले चर्चामा छ जसले दुनियामै नौलो धरौटीको व्यवस्था गरेको छ ।

यो कम्पनीले धरौटीको रुपमा लालपुर्जा तथा जिन्सीजस्ता चिज राख्दैन, उसले धरौटीको रुपमा कर्जा लिने महिलाका निर्वस्त्र तस्वीर लिएर राख्दछ ।

Jiedaibao नामको यो कम्पनीले ग्राहकलाई अनलाइन मार्फत कर्जा प्रदान गर्दछ । कम्पनीबाट कर्जा लिनका लागि ठूलो लाइनमा बसेर फाराम भर्नु पर्दैन, कुनै एजेन्टको आवश्यकता पनि पर्दैन । मात्र आफ्नो निर्वस्त्र तस्वीर धितो राख्न दिने शर्तको पालता गर्नुपर्दछ ।

उक्त तस्वीरमा महिलालाई निर्वस्त्र भएर आफ्ना परिचयपत्र सँगै फोटो खिचाएर दिनुपर्दछ ।

यदि यसो गरिसकेर लिएको ऋण निश्चित समयमा चुक्ता गर्न नसकेमा कम्पनीले निकै कडा कदाम चाल्दछ ।

ऋण समयमा चुक्ता नगरेको खण्डमा कर्जा लिने महिलाको नग्न तस्वीर उनीहरुका परिवार तथा आफन्तका बीच भाइरल गराइदिन्छ । साथै कम्पनीले कर्जा लिएर नतिर्ने महिलाको नग्न तस्वीर र पहिचानको पूर्ण विवरण सहित सोसल साइटमा पनि सार्वजनिक गरिदिन्छ ।