नेईमारको पुरानै पारा: छोएपछि लडीहाल्ने, नाटक देखाउने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेईमारको पुरानै पारा: छोएपछि लडीहाल्ने, नाटक देखाउने



विश्वका महंगा खेलाडी नेइमारमा उत्कृष्ट खेल कौशल छ, यसमा विवाद छैन । तर उनमा अर्को कला पनि छ, मैदानमा सजिलै लड्ने र धेरैबेर पछि मात्रै उढ्ने । उनको यो कला गएको जुलाईमा रुसमा सम्पन्न विश्वकप फुटबलबाट बढी बाहिर आएको हो ।

रुस विश्वकपका सबै खेलमा गरेर नेइमारले १४ मिनेट भन्दा बढी समय मैदानमा लडेर बिताएको कुराहरु आए । उनी लडेका तस्बिरहरुले धेरै मेमे बने र उनको मजाक पनि धेरै नै उडाए धेरैले ।

तर नेइमार उत्कृष्ट खेलाडी हुन् भन्नेमा उनको मजाक उडाउनेहरु पनि सहमत छन् । उनले विश्वकप पछिको लिग फुटबलमा आफूलाई प्रमाणित पनि गर्दै लगेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीका स्टार खेलाडी ब्राजिलियन नेइमारले लिग वानमा लगातार जसो गोल गरिरहेका छन् । तर मंगलबारदेखि सुरु भएको च्याम्पियन्स लिग फुटबलको यो वर्षको अभियानमा भने नेइमारको सुरुवात राम्रो देखिएन ।

नेइमार, केलियन एमबाप्पे, एडिन्सन काभानीसहितको टिम पिएसजी जर्गेन क्लोप्पको टिम लिभरपुलसँग इन्जुरी समयमा गोल खाँदै पराजित भयो । यो खेलमा एमबाप्पेले गोल गरे ।

यस्तै थोमस मुनियरले पनि पिएसजीका लागि गोल गर्न सके । तर नेइमारले भने त्यस्तो राम्रो बलमा नियन्त्रण कायम गरेको पनि देखिएन र गोलको राम्रो मौका पनि । तर उनको अर्को कला, ‘लड्ने कला’ भने देखियो ।

नेइमार लिभरपुलसँगको खेल मैदानमा लडे र धेरैलाई उनको केही महिनाअघिको विश्वकपको सम्झना दिलायो । नेइमारलाई लडाउने माध्यम बने लिभरपुलका जेम्स मिल्नर ।

लिभरपुलको मैदानमा भएको खेलमा मिल्नरसँगको ट्याकलमा नेइमार लडेका हुन् । मिल्नरको फेयर च्यालेन्जमै नेइमार मैदानमा लडे र सायद आफ्नो मैदान मोहप्रति उनले ‘सरी फिल’ गरे पनि होलान् ।

नेइमार र मिल्नरबिच खेलको सुरुदेखि नै ट्याकल भएको थियो र त्यो फेयर नै देखिएको थियो । यो खेलमा खासै प्रभाव पार्न नसकेका नेइमार निराश देखिए । नेइमार त लडे अनि उढे, त्यो ठिकै थियो।

तर पिएसजीका प्रशिक्षक थोमस टुसिलले आफ्ना खेलाडीप्रति अलि बढी नै सहानुभूति राखेको देखियो र उनी थप सुरक्षाको आग्रहमा देखिन्थे । नेइमारले खेलको क्रममा केही म्याजिकल फुडवर्क भने गरेका थिए ।

उनी लडेको र मैदानमा धेरैबेर रहेको कुरा भने त्यति पाच्य नरहेको फुटबल पण्डितहरुले नै बताएका छन् । यसमा नेइमार एक्लैको दोष भने होइन, उनको टिमका प्रशिक्षक नै अलि नै बढी प्रोटेक्टिभ देखिनु यसको कारण रहेको विश्लेषण गरिएको छ ।