नेइमार र एम्बाप्पे घाइते हुँदा पीएसजीलाई ठूलो संकट - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेइमार र एम्बाप्पे घाइते हुँदा पीएसजीलाई ठूलो संकट



आफ्नो स्टार खेलाडीद्वय नेइमार र एम्बाप्पे घाइते हुँदा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो संकट परेको छ।

नेइमार मंगलबार राति क्यामरूनसँगको खेलमा घाइते भएका थिए।

यस्तै हिजै राति भएको खेलमा उरूग्वेसँगको मैत्रीपूर्ण खेलमा फ्रान्सका एम्बाप्पे घाइते भएका थिए। खेलको ३६ औं मिनेटमा चोट बोक्दै मैदान बाहिरिएका थिए।

पीएसजीले अर्को साता च्याम्पियन्स लिगमा लिभरपुलसँग खेल्दैछ । लिगमा भने यसै साता पीएसजीले टुलुजको सामना गर्नेछ।

च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेको पीएसजीलाई अब बाँकी खेलमा अनुकुल नतिजा ल्याउनैपर्ने दबाब छ। अब बाँकी रहेको खेलमा पीएसजीले लिभरपुल र त्यसपछि रेड स्टार बेलग्रेडको सामना गर्नेछ। लिभरपुलसँग पराजित भएमा अर्को चरण पुग्ने सम्भावना निकै कम हुनेछ।

नेयमारले यसअघि नै पीएसजीको अबको मुख्य लक्ष्य च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्नु नै रहेको बताएका थिए। तर अब लिभरपुलसँगको महत्त्वपूर्ण खेलमा उनीसँगै एम्बाप्पेको उपस्थिति नहुँदा टोलीलाई निकै असर पर्नेछ।