नेयमार र एमबाप्पेलाई किन्दैनौ : फ्लोरिन्टिनो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

नेयमार र एमबाप्पेलाई किन्दैनौ : फ्लोरिन्टिनो



(एजेन्सी)– रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नयेमार र केलियन एमबाप्पेलाई लिने योजना नभएको बताएका छन् । उनको दाबी छ, ‘सुरुवाका विषयमा मैले कोहि सँग कुरा गरेको छैन ।’

पछिल्लो सिजन रियलको निराशाजनक रह्यो । टोलीले कुनै उपाधि जित्न सकेन । च्याम्पियन्स लिगमा चाँडै बाहिरिएको रियलले कोपा डेल रे र ला लिगा पनि जित्न सकेन । रियलले आउने सिजनका लागि टोलीमा व्यापक फेरबदल गर्ने अनुमान गरिएको छ । त्यसमा नेयरमा र एमबाप्पेलाई पनि स्पेन लाने प्रयास भइरहेको चर्चा चलेकाबीचमा अध्यक्ष पेरेजले भने क्लब त्यसमा इच्छुक नरहेको बताएका छन् ।

‘ मैले नेयमार वा एमबाप्पलेका विषयमा टोलीका प्रशिक्षक जिनेदिन जिदानसँग कुरा गरेको छैन । वा अरु कसैसँग पनि कुरा भएको छैन ‘ , उनले भने, ‘हामीले गत वर्ष पनि उनी चाहिदैन भनेका थियौं, अहिले पनि कुरा त्यहि हो । यदि हामीलाई खेलाडी आवश्यक पर्दा क्लबलाई न भन्छौं ।’

पिएसजीका प्रशिक्षक थोमस टुचेलले केहि समय अघि कसैको भविष्यका बारेमा पनि ग्यारेन्टी गर्न नसक्ने बताएका थिए । क्लब र अध्यक्ष दुवै चेल्सीका स्ट्राइकर इडन हाजार्ड भित्राउने विषयमा दृढ छन् ।