नेमार र एम्बापेले गोल गरेको खेलमा पीएसजी बराबरी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेमार र एम्बापेले गोल गरेको खेलमा पीएसजी बराबरी



एजेन्सी – टोलीका प्रभावशाली खेलाडी नेमार र केलियन एम्बापेले गोल गरेको खेलमा फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) ले बराबरीमा चित्त बुझाएको छ ।

लिग अन्तर्गत आइतबार भएको खेलमा पीएसजी बोर्डोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बोर्डोको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि नेमारले ३४औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि ५३औं मिनेटमा जिमी ब्रिन्डले गोलगर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । बोर्डोको बराबरीपछि थप जोसिएको पीएसजीले ६६औं मिनेटमा दोस्रो गोल गर्यो ।

एम्बापेले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । बोर्डोले ८४औं मिनेटमा फेरी बराबरी गोल फर्कायो । बोर्डोका आन्द्रेस कोर्निलसले दोस्रो गोल गर्दै पीएसजीसँग एक अंक खोसेका थिए ।

यस बराबरीसँगै पीएसजीको लिगको शतप्रतिशत जित यात्रामा पूर्ण विराम लागेको छ । अघिल्ला १४ खेलका जित हात पारेको पीएसजीको यो पहिलो बराबरी हो ।

शिर्ष स्थानमा रहेको पीएसजीले १५ खेलबाट ४३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेका मोन्टपेलियरको २९ अंक छ । बोर्डो १८ अंकका साथ ताकिलाको ११औं स्थानमा छ ।

एजेन्सी