नेमारको जर्सी नम्बर १० अर्कैलाई प्रदान - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

नेमारको जर्सी नम्बर १० अर्कैलाई प्रदान



एजेन्सी । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएपछि उनको जर्सी नम्बर १० विलियमलाई प्रदान गरिएको छ । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । चेल्सीबाट व्यवसायिक खेल खेल्दै आइरहेका उनले कोपा अमेरिका कपमा ब्राजिलका लागि अहम भुमिका पाएका छन् ।

ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख गरेको थियो ।

एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । तर, उनको जिम्मेवारीको भार विलियममाथि थपिएको छ ।

सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन ।