नेइमारले भगवानबारे यस्तो भने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेइमारले भगवानबारे यस्तो भने



विश्वकपबाट बाहिरिँदाको पीडा भयानक नै हुन्छ, त्यसमाथि अघिल्लो विश्वकपमा चोटका कारण खराब अनुभव र त्यो बेलाको सपना पनि जोडिको विश्वकपबाट बाहिरिँदा पक्कै मुश्किल पर्छ ।

यस्तै भएको ब्राजिलका सुपर स्टार फुटबलर नेइमारलाई । नेइमारको टिम ब्राजिल बेल्जियमसँग २–१ ले पराजित भएर अन्तिम ८ बाटै घर फर्किएको छ ।

विश्वकपको केही अघि मात्रै चोटमुक्त भएर मैदान फर्किएका नेइमारका लागि यो विश्वकप अघिल्लो विश्वकपमा छुटेको खुशी पनि समेट्ने मौका थियो सायद । तर रुसमा जारी विश्वकपमा उनको प्रदर्शनको प्रशंसा त भयो त्यो भन्दा बढी उनले मैदानमा चाहिने भन्दा बढी अभियन गरेको भन्दै आलोचना भयो ।

जे जस्तो भए पनि नेइमारले सहेका थिए । तर विश्वकपबाट बाहिरिँदाको पीडा उनमा ठूलो देखिएको छ । नेइमारले फेरि फुटबल खेल्न कठिन हुने बताएका छन् ।

नेइमारले रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलबाटै ब्राजिल बाहिरिनु आफ्नो खेल जीवनको सबैभन्दा नरमाइलो अनुभव र समय रहेको बताएका छन् ।

गएको शुक्रबार राति कजानमा भएको खेलमा बेल्जियमसँग २–१ ले पराजित भएपछि छैटौँ पटक विश्वकपको उपाधि उचाल्ने ब्राजिलको सपना टुट्यो । त्यो हार र विश्वकपबाट बाहिरिएपछिको पीडा नेइमारले इन्स्टाग्राममार्फत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यो समय मेरो खेल जीवनको सबैभन्दा निराशाले भरिएको क्षण हो । यो निकै पीडादायी छ । किनकी हामी अघि जान सक्छौँ भन्ने थाहा थियो र त्यसका लागि अवस्थाहरु प्नि थिए । इतिहास बनाउने मौका थियो ।’

उनले अघि लेखेका छन्, ‘तर यसपटकलाई होइन रहेछ । फेरि खेल्ने शक्ति जुटाउन कठिन छ, तर विश्वास छ कि भगवानले मलाई त्यो शक्ति दिनेछन् कि म जस्तो कुरा पनि सामना गर्न सकुँ । म भगवान बारे सोच्न कहिले छोड्दिन, हार पनि … किनकी मलाई थाहा छ तिम्रो बाटो मेरो भन्दा धेरै राम्रो छ ।’

रुस विश्वकपमा दुई गोल गरेका र अरु गोलका लागि सहयोग गरेका नेइमारले लेखेका छन्, ‘ब्राजिलियन टिमको सदस्य हुन पाउँदा खुशी छु । सबैप्रति मलाई गर्व छ, हाम्रो सपनामा बाधा आयो तर उनीहरुले जित्ने हाम्रो सपना मार्न सक्दैनन् । यो हाम्रो दिमागमा छ र हाम्रो मुटुमा छ ।’