नेयमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

नेयमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा



काठमाडौं- ब्राजिलियन फरवार्ड नेयमारले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने भएका छन् । उनले आगामी फिफा विश्वकप फुटबल प्रतियोगितापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट बिदा लिने बताएका छन् ।

२९ वर्षीय नेयमारले यस्तो घोषणा गरेपछि संसारभर उनका समर्थकहरू चकित परेका छन् । डीएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एन्ड द लाइन अफ किङग्स’ मा २९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताए।

अहिले उनले अन्तराष्ट्रिय फुटबल छाड्ने बताएकोबारे सामाजिक संजालमा चर्चा भैरहेको छ । नेयमारले भनेका छन्, ‘मलाई लाग्छ यो (२०२२) विश्वकप मेरा लागि अन्तिम हुनेछ।’

त्यसपछि आफू फुटबलका लागि मानसिक रूपमा सक्षम हुने वा नहुने निश्चित नभएको उनले बताएका छन्।