विश्वकपपछि नेइमारको पहिलो खेल यस्तो भयो ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

विश्वकपपछि नेइमारको पहिलो खेल यस्तो भयो !



फ्रेन्च सुपर कप फुटबल अन्तर्गत शनिबार बेलुका भएको खेलमा पेरिस सेन्ट–जर्मेन, पिएसजीले मोनाकोलाई हराएको छ । चीनमा भएको खेलमा पिएसजीले मोनाकोलाई ४–० ले हराएको हो ।

यो खेलमा स्टार खेलाडी नेइमार थप खेलाडीको रुपमा मैदान छिरेका थिए । रुसमा भएको विश्वकप फुटबलपछि नेइमारको यो पहिलो खेल हो । विश्वकपमा ब्राजिल अन्तिम ८ बाटै घर फर्किएको थियो।

विश्वकपमा उनले राम्रो प्रदर्शन गरेका थिए । तर उनको प्रदर्शन भन्दा पनि मैदानमा अनावश्यक रुपमा सामान्य ट्याकलमा पनि लडेको भन्दै आलोचना भएको थियो ।

यस्तै गएको फेब्रुअरीमा खुट्टामा लागेको चोटपछि पिएसजीबाट नखेलेका नेइमारको यो पिएसजीबाट झण्डै ६ मा पहिलो खेल हो । नेइमार अघिल्लो सिजन बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजी आएका थिए । नेइमार ७५ औँ मिनेटमा मैदान छिरेका थिए ।

शनिबार बेलुका भएको खेलमा पिएसजीका लागि एन्जल डी मारियाले ३३ र इन्जुरी समयको दोस्रो मिनेटमा गरी दुई गोल गरे । यस्तै क्रिष्टोफर एनकुन्कुले ४० तथा तिमोथी वेहले ६७ औँ मिनेटमा गोल गरे । जितसँगै पिएसजीले फ्रेन्च सुपर कपको उपाधि उचालेको छ ।